८ कार्तिक २०८३, शनिबार

पहाडी क्षेत्रको मौसम बद्ली

  • ७ चैत २०७८, सोमबार
Image

काठमाडौं - काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रको मौसम सामान्य बद्ली भएको छ। बिहान घाम लागे पनि अहिले मौसम बद्ली भएको हो।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव परेका कारण पहाडी क्षेत्रको मौसम सामान्य बद्ली भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिए।

उनकाअनुसार आज दिउँसोपछि पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ।

विशेषगरी सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का पहाडी क्षेत्रमा पानी पर्ने अनुमान छ। भोलि पनि प्रदेश-१ का पहाडी क्षेत्रका एक/ दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद् भट्टराई बताए। तराईका जिल्लाको मौसम भने सामान्यतया सफा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर