काठमाडौं- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले २० लाख मत कटाउँदै पहिलो स्थानमा कायम छ। समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै पहिलो नम्बरमा रहेको एमाले निरन्तर अग्रस्थानमा रहँदै आएको छ। एमालेले हालसम्म समानुपातिक तर्फ २० लाख ६ हजार ५८७ मत प्राप्त गरेको छ । यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ३९ हजार १०४ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख ६२ हजार ६६९ मत प्राप्त गर्दा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३३ हजार ५९५ मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ४१ हजार ९६९, छैटौं स्थानमा रहेको जसपा नेपालले २ लाख ३८ हजार ८८७ मत र सातौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले एक लाख ८६ हजार १०८ मत पाएको छ। आठौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले एक लाख ६९ हजार ५०५, नवौं स्थानमा रहेको जनमत पार्टीले एक लाख ६६ हजार ३७० र दशौं स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख १०२ मत पाएको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation