बैतडी- बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बैतडीको शिवनाथ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बलात्कार आरोपमा पक्राउ गरिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
घाँस काट्न गएका बेला बालिकामाथि बलात्कार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। आरोपित दुवैजना मेलौली पञ्चेश्वर सडकखण्डमा काम गर्दै आएको बुझिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation