८ कार्तिक २०८३, शनिबार

गुडिरहेको ट्रयाक्टरबाट खसेर १८ वर्षीय युवकको मृत्यु

  • ५ चैत २०७८, शनिबार
Image

काठमाडौं- भक्तपुरमा ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ। मध्यपुर थिमी नगरपालिका-३ कौशलटारमा उदयपुरको गाइघाटका १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

ना ७ त २७७४ नम्बरको ट्रयाक्टरबाट उनी शुक्रबार राति खसेका थिए। गम्भीर घाइते भएका उनको उपचारका लागि ट्रमा सेन्टर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको परिसका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

उनी सवार ट्रयाक्टर काठमाडौंबाट भक्तपुरतर्फ जाँदै थियो। घटनापछि ट्रयाक्टर चालक झापा कन्काई नगरपालिका-५ का २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर