काठमाडौं- प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका नवौँ तहका पदहरूमा आवेदन आह्वान गरिएको हो।
जेष्ठता र कार्य सम्पादनको मूल्यांकाद्वारा हुने बढुवा, कार्यक्षमताको मूल्यांकन, आन्तरिक अन्तर सेवा, अन्तर तह र खुलातर्फका लागि दरखास्त आह्वान गरिएको हो।
अनलाइनबाट आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख गरिएको छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation