८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए सरकारको वार्षिक प्रतिवेदन

  • २२ फागुन २०७८, आइतबार
Image

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई प्रतिवेदन पेश गरेका छन् । देउवाले एउटा सरकारको  काम र उपलब्धि बारेको प्रतिवेदन र अर्को राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेश गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन्। त्यस्तै, राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पनि बुझाएका छन्। उक्त कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर