८ कार्तिक २०८३, शनिबार

न्यायको संघर्षमै मिटरब्याज पीडितहरू

  • २९ फागुन २०८०, मङ्गलबार
Image

२०८० फागुन २९ मंगलबार  

काठमाडौं- मिटरब्याजपीडित कहिले माइतीघरको चिसो भुइँमा धर्ना बस्छन्, कहिले हजारौँ किलोमिटरसम्म पैदलै हिँडेर न्यायको संघर्षमै छन्।  सरकारले पटक–पटक मिटरब्याज पीडितहरूसँग सहमति गरेको छ।’ आयोग र छानविन समिति बनाएर काम गरेको भए पनि उनीहरूका समस्या भने ज्यूँका त्यूँ छन् । ‘

नयाँ गृहमन्त्री यही आएर आश्वासन त दिनुभयो, तर तीन वर्षदेखि न्यायका लागि भौतारिएको सम्झिँदा यसपटक पनि के होला भनेर मनमा डर रहेको पिडितहरु बताउछन। पीडितहरूले भने ४२ दिनदेखि यत्रो संघर्ष गर्दा पनि सरकारले न्यायको आशामात्रै दियो, अब हामीसँग त न यहाँ बस्दा खानेकुरा छ, न फर्किने पैसा नै छैन।’

मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिको संयोजनमा यसपटक भएको आन्दोलनमा पूर्वदेशि पश्चिमसम्मका करिब ४ हजार मजदुर किसान सहभागी छन्। अहिले पनि सयौँको संख्यामा पीडितहरू काठमाडौंमै छन्। 

संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले ४२ औँ दिनमा सरकारसँग चार बुँदे सहमति भएपनि कार्यान्वयन हुने वा नहुने भय कायम रहेको बताएका छन्। सरकारसँग सहमति भएको तर हामीले पूर्ण विश्वास गर्ने अवस्था छैन। हामी शंका र आलोचनाको दृष्टिले पनि हेरिरहेका छौँ; उनले भने, ‘त्यसकारण सहमति कार्यान्वयन नभएसम्म घर फर्किने वा यही बसेर दबाब दिइरहने भन्ने टुंगोमा पुगिसकेका छैनौँ।’ उनले आफूहरूसँग घर फर्किनका लागि पैसा समेत नभएको र त्यसबारे समेत सरकारसँग कुरा भइरहेको बताए। 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर