८ कार्तिक २०८३, शनिबार

कांग्रेस-एमाले भेट लगत्तै एमाले-माओवादी छलफलमा

  • १२ फागुन २०७८, बिहिबार
Image

काठमाडौं- नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच छलफल भइरहेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निस्किएपछि एमाले र माओवादीका नेताहरुबीच बैठक बसेको हो।

संसद भवन नयाँ बानेश्वरमा सुरूमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेट भएको थियो । बैठकमा एमाले अध्यक्ष ओली, नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल छन् । माओवादी तर्फबाट अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत सहभागी छन् । बानेश्वरमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच बैठक अहिले पनि जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर