९ कार्तिक २०८३, आइतबार

चीनले भन्‍यो - नेपाललाई अमेरिकी उपहार 'एमसीसी' स्वीकार गर्न कठिन सावित हुनसक्छ

  • १२ फागुन २०७८, बिहिबार
Image

काठमाडौं- नेपालको प्रतिनिधि सभामा विचाराधिन रहेको अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीका विषयमा उत्तरी छिमेकी चीनले एक सातामा दोस्रो पटक आफ्नो अभिव्यक्ति दिएको छ। चिनियाँ विदेश मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौताबारे टिप्पणी गरेको हो।

यसअघि चीनले नेपालमा एमसीसी पारित गराउन धम्की कूटनीति प्रयोग गरेको बताएको थियो। बुधबार चिनियाँ विदेश मन्त्रालयलकी प्रवक्ता हुआ छुनयिङले अमेरिकाले एमसीसी अनुमोदन गर्न नेपाललाई दिएको समयसीमाप्रति आपत्ति जनाउँदै नेपालका लागि अमेरिकी उपहार स्वीकार गर्न कठिन साबित हुने बताएकी हुन्। 

उनले भनिन्, 'अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालले एमसीसी अनुमोदन गर्न नसके त्यसले द्विपक्षीय सम्बन्धलाई असर गर्ने बताएको मैले सुनेँ। नेपालस्थित अमेरिकी दूतावासले ५० करोड डलरको एमसीसी अनुदानलाई ‘नेपालीलाई अमेरिकी जनताको उपहार’ भनेको छ। उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो? त्यस्तो ‘उपहार’ कसैले कसरी स्वीकार गर्न सक्छ? यो ‘उपहार’ हो कि प्यान्डोराको बाकस?’

चाइना न्युज सर्भिसले सोधेको नेपालसम्बन्धी प्रश्नमा उनले अन्तर्राष्ट्रिय सहकार्य आपसी सम्मान र समानताको आधारमा हुनुपर्ने चीनको मत रहेको पनि बताइन्।

‘सम्बन्धित मुलुकको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान हुनुपर्छ। सो मुलुकको आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन, कुनै राजनीति अंकुश गाँसिनु हुँदैन। जुलुम कूटनीति गरिनुहुँदैन,’ प्रवक्ता हुआले भनिन्।

प्रतिक्रिया

सम्बन्धित खवर