९ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

  • १० फागुन २०७८, मङ्गलबार
Image

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । देउवालाई भेट्न ओली मंगलबार साँझ बालुवाटार पुगेका हुन् ।

भेटका क्रममा उनीहरूबीच एमसीसी र वर्तमान राजनीति विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जनाएको छ। ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र एमसीसीको विषयमा छलफल हुनेछ । संसद्‌मा टेबुल भएको एमसीसी पारित हुन नदिने रणनीतिमा सत्ता गठबन्धन दल माओवादी र एकीकृत समाजवादी लागेपछि देउवाले प्रतिपक्ष एमालेसँग संवाद अघि बढाएका हुन्।

एमसीसीका विषयमा एमालेले भने कुनै धारणा सार्वजनिक गरिसकेको छैन।  ओली र देउवा बीचकाे भेटवार्ता अहिले पनि जारी छ । आज मात्र अमेरिकी राजदूत रेन्डी बेरीले एमाले अध्यक्ष ओलीलाई भेटेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर