गलकोट- बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसीबीको ठक्करबाट बालकको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसीबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीका १४ वर्षीय छोरा सुनिलको सोमबार साँझ मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जेसीबी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation