८ कार्तिक २०८३, शनिबार

नेपाल विश्वकपमा छनोट हुन असफल

  • ११ फागुन २०७८, बुधबार
Image

काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप छनोट हुनबाट बञ्चित भएको छ। मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई) सँग ६८ रनले पराजित हुँदै नेपाल विश्वकपमा पुग्न असफल भएको हो।

नेपालले ८ वर्षपछि आइसीसी टी–२० विश्वकप खेल्ने अवसर गुमाएको छ। ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो ।

यूएईका कप्तान अहमद राजाले ५ विकेट लिँदै नेपालको सपना समाप्त पारे । उनले त्यसका लागि ४ ओभरमा १९ रनमात्र खर्चेका थिए । जुनैद सिद्धिकीले सुरुआतमै आसिफ शेख, लोकेश बम र कुशल भुर्तेललाई आउट गरेपछि राजाले विकेट लिनेक्रममा निरन्तरता दिए । दीपेन्द्रसिंह ऐरीले नेपालबाट सर्वाधिक ३९ रन बनाए । ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले  ७ विकेट गुमाई १ सय ७५ रन बनाएको थियो । युएईबाट मोहम्मद वासिमले सर्वाधिक ७० रन बनाए ।  भृत्या आनन्दले  ४६ रन बनाए । नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३–३ विकेट लिए । यूएई २०१४ पछि पहिलो पटक ट्वान्टी–२० विश्वकपमा पुगेको हो । नेपालले पनि २०१४ यता विश्वकप खेलेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर