८ कार्तिक २०८३, शनिबार

नारायणगढ–मुग्लिन सडकमा दुर्घटना हुँदा २८ जना घाइते

  • १५ वैशाख २०७९, बिहिबार
Image

काठमाडौं- नारायणगढ- नारायणगढ–मुग्लिन सडकमा पर्ने खण्डको भतेरी जंगलमा बुधबार साँझ ट्रिपर, बस र कार आपसमा ठोक्किएका छन्। उक्त दुर्घटनामा २८ जना घाइते भएका छन्। 

नारायणगढबाट मुग्लिनतर्फ आइरहेको ना७ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ९३०३ नम्बरको बस र  बिएए ०६८४  नम्बरको कार आज आपसमा ठोक्किँदा २८ जना घाइते भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घाइते सबैको अवस्था सामान्य छ।

दुर्घटनाकामा संलग्न तीनै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर