८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

  • ५ फागुन २०७८, बिहिबार
Image

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि राजदूत र्‍यान्डी बेरी बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच बुधबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। 

भेटवार्तामा प्रधानमन्त्री र राजदूत बेरीबीच एमसीसी कार्यान्वयनका विषयमा छलफल भएको भएको बालुवाटार निकट श्रोतले जनाएको छ । बुधबार दिउँसो बसेको संसद बैठकमा एमसीसी पेश हुन नसकेपछि एमसीसीको दाता मुलुक अमेरिकी राजदूत बेरी देउवासँग छलफलका लागि बालुवाटार पुगेका थिए। बुधबार दिनभर एमसीसीलाई लिएर देशव्यापी प्रदर्शन भएको थियो। 

प्रदर्शनमा सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी नै उत्रिएको अवस्थामा एमसीसीको पक्षमा कांग्रेस एक्लै परेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर