काठमाडौं- पद्यकन्या क्याम्पस (पिके)को स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)की ज्योती पनेरु निर्वाचित भएकी छिन्। पनेरुले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन्।
सचिवमा भुपेश्वरी ऐर र कोषाध्यक्ष पनि श्रेया मैनाली विजयी भएकी छन्। उनीहरु पनि नेविसंघबाटै निर्वाचित भएका हुन्।
सचिवमा एमाले निकट अनेरास्ववियुकी सुनैना श्रेष्ठ र कोषाध्यक्षमा सुजाता सुनार पराजित भइन्। पिकेमा अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच तालमेल भएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation