८ कार्तिक २०८३, शनिबार

सुर्खेतका एक जना कैलालीमा मृत भेटिए

  • ११ चैत २०८०, आइतबार
Image

२०८० चैत ११ आइतबार

काठमाडौँ- सुर्खेतका एक जना कैलालीमा मृत भेटिएका छन्। सुर्खेतको चौकुने गाउँपालिका-३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएका हुन् । भक्तबहादुर राना मगर कैलालीको मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका  थिए।

अहिले इलाका प्रहरी कार्यालय सुगरखालका प्रहरी बरिष्ठ नायब निरीक्षक बमबहादुर खड्का, इप्रका चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगी र इप्रका लम्कीको संयुक्त टोली घटनास्थलतर्फ गएको उनले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर