काठमाडौं- जस बटलरले बनाएको अविजित शतकमा राजस्थान रोयल्सले शुक्रबार रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को फाइनल यात्रा तय गरेको छ। अब उपाधि भिडन्तको उसको सामना गुजरात टाइटन्ससँग हुनेछ।
विश्वकै सबैभन्दा बढी दर्शक क्षमताको रंगशालामा जितका लागि १ सय ५८ रन पछ्याएको राजस्थानका लागि प्रारम्भिक ब्याट्सम्यान बटलरले ६० रनमा १ सय ६ रन बनाए र टिम १८.१ ओभर भित्र तीन विकेट गुमाएर १ सय ६१ रन बनाउन सफल रह्यो।
दोस्रो क्वालिफायरमा बटलरले १० चौका र छ छक्का प्रहार गरे। यस अगाडि बेंगलोरका लागि रजत पटिदारले ४२ बलमा ५८ रन बनाएका थिए। फाइनल अहमदाबादमै रंगशालामा आइतबार हुनेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation