८ कार्तिक २०८३, शनिबार

नेपालमा अपांगता जनसंख्या ६ लाख ४७ हजार ७४४

  • ५ चैत २०८०, सोमबार
Image

२०८० चैत ०५ सोमबार

काठमाडौं - २०७८ सालको जनगणनाले नेपालमा अपांगता भएको जनसंख्या साढे ६ लाख रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा ६ लाख ४७ हजार ७४४ जनामा अपांगता देखिएको हो ।

यो कुल जनसंख्याको २.२ प्रतिशत हिस्सा हो । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना रहेको छ । जसमा अपांगताको ठूलो हिस्सा गण्डकी प्रदेशमा देखियो। जहाँ जनसंख्याको २.९ प्रतिशतमा अपांगता रहेको छ ।

अपांगतालाई शारीरिक, न्यून दृष्टियुक्त, पूर्ण दृष्टियुक्त, बहिरोपन, सुस्तश्रवण, श्रवण दृष्टिविहीन गरी वर्गिकरण गरिएको छ । यसै गरी स्वर र बोलाइ, मानसिक वा मनोसामाजिक, बौद्धिक अपांगता, अनुवंशीय रक्तश्राव, अटिजम र बहुअपांगता भनी वर्गीकरण गरिएको छ । शारीरिक अपांगता पुरुषमा बढी देखिएको छ । न्यून दृष्टियुक्त समस्या महिलामा बढी देखिन्छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर