काठमाडौं- मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको नियमावली संशोधन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको भौतिक मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
यस्तै मन्त्रिपरिषद् बैठकले काठमाडौं-तराई/मधेश फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय भएको पनि ज्वालाले बताए।
‘काठमाडौं-तराई/मधेश फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो। केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौँ। त्यो समितिले काम अघि बढाएको छ। छिटै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ। सशस्त्र प्रहरी बलको नियमावली संशोधनको कुरा छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्ताव समितिमा पठाउने निर्णय भएको छ। जग्गा कित्ता काटको विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको छ,’ ज्वालाले भने।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation