८ कार्तिक २०८३, शनिबार

झिलिमिली मात्र बनेको छैन, धनगढी सुन्दर र आकर्षक पनि देखियो

  • १५ फागुन २०८०, मङ्गलबार
Image

२०८० फागुन १५ मंगलबार

काठमाडौं- स्ट्रिप, रोप लाइट’ जडान गरिएपछि धनगढी झिलिमिली बनेको छ । धनगढी उपमहानगरपालिकाले ६ लेन सडकअन्तर्गत धनगढीको भन्सार रोडदेखि मोहनपुरसम्म स्ट्रिप, रोप लाइट जडान गरेपछी धनगढी झिलिमिली बनेको हो ।यसले रातिको समयमा ६ लेन सडक झिलिमिली मात्र बनेको छैन, सुन्दर र आकर्षक धनगढी देखिएको छ।

३१ लाख रुपैयाँको लागतमा ६ लेन सडकमा दुई सय ५६ वटा पोल र एक सय ४० वटा ट्रिगार्डमा स्ट्रिप, रोप जडान गरिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाले धनगढी विमानस्थलदेखि ६ लेन सडक जोड्ने सडकमा स्ट्रिप लाइट जडान गरी सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले स्ट्रिप लाइटको उद्घाटन गरेका थिए ।

सुदूरपश्चिम प्रवेश गर्ने हवाई मार्ग धनगढी विमानस्थल जाने सडक राति अँध्यारो रहेकाले स्ट्रिप लाइट जडान गरिएको मेयर हमालले बताए ।

यो सडकमा स्ट्रिप लाइट लगाउन नागरिक उड्ययन प्राधिकरणलाई पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएपछि उपमहानगरपालिकाले आफ्नै लगानीमा लाइट जडान गरेको हमालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर