काठमाडौं- नेकपा एकीकृत समाजवादीको पाँचौं केन्द्रीय कमिटीको पूर्ण बैठक आज पनि बस्दैछ। शनिबारदेखि सुरू भएको बैठकमा विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा नेताहरूबाट धारणा राख्ने क्रम बाँकी रहेकाले बैठक आइतबार पनि जारी रहने पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए। अध्यक्ष नेपाल, महासचिव भुषाललगायतले पेस गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ। बैठक आजै समापन गर्ने तयारी छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation