२०८० फागुन १४ सोमबार
कास्की- माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।कास्की जिल्ला पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा माछा मार्ने गएका सोही महानगरपालिका– १ कसेरी बस्ने ४० वर्षका मृत मंगा तामाङको शव ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको हो।
माछा मार्न ५ जना गएका थिए।५ जनामध्ये मृत तामाङको शव सशस्त्र प्रहरीले निकालेको छ।भने अन्य एकको खोजी कार्य भइरहेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गएको
गोताखोर र विपद् उद्धार टिमसहितको फौजले गए राती पौने १ बजे शव निकालेको हो। सोही ठाउँ बस्ने ४३
वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्धार टिमले खोजी कार्य जारी राखेको सशस्त्र प्रहरी
बल नेपाल जनाएको छ।
शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान
प्रतिष्ठान पठाइएको छ।माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका प्रहरीले बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation