८ कार्तिक २०८३, शनिबार

निर्वाचनमा गठबन्धन गर्ने नगर्ने तत्कालीन अवस्थामा निर्भर रहन्छ: सभापति देउवा

  • ७ फागुन २०८०, सोमबार
Image

२०८० फागुन ०७ सोमबार

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन् ।

सोमबार ललितपुरको गोदावारीमा  सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत संभव नभएकाले गठबन्धनको विकल्प नभएको बताए । उनले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर गरे।


“अहलिे हामी गठबन्धनको अभ्यासमा छौं । गठबन्धन सरकार  १० महिना अघि मात्र बनेको हैन । प्रतिनिभिसभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो,” उनले भने, “ वर्तमान  सरकार त्यसैको निरन्तरता हो । महासमितिमा पेश भएको सबै दस्तावेजले गठबन्धनको विषयलाई समेटिएको छ ।

वर्तमान गठबन्धन सबैको अग्रसरतामा संविधानकमो रक्षाको उदेश्यले बनेको हो ।सभापति देउवाले नेपाली कांग्रेसको विधानमा समय सापेक्ष बनाउन संसोधनको आवश्यक्ता भएको बताए । उनले पार्टीलाई थप बलियो बनाउन विधान संसोधन आवश्यक भएको उल्लेख गरेका छन।

उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले संविधान गतिशितल दस्तावेज भएको र यसमाथी जनताको स्वीकार्यता र स्वामित्व आवश्यक भएको उल्लेख गरे । उनले जनताको आशा भरोसा स्थापित गर्न संविधान कार्यान्वनयमा देखिएको अस्पष्टता जटिलता पहिचान गरेर स्पष्ट पार्दै अघि बढ्नुपर्ने धारणा राखे।

कांग्रेस जनताले आशा भरोसा गरेको पार्टी भएकाले जनताको विश्वासलाई खण्डित गर्न नहुने उनको भनाई छ ।

“अहिले पार्टी ठूलो बनेको छ । संगठन बलियो छ । जनताको आशा भरोसा कांग्रेसप्रति छ । कांग्रेसले विश्वासलाई खण्डित हुन दिनु हुँदैन,” उनले भने ।

सभापति देउवाले पार्टीको १४ औं महाधिवेशनले नेतृत्व मात्र चयन गरेको समय अभावका कारण नीतिगत विषयमा दस्तावेज राखेर छलफल गर्न नपाएकाले सोही उद्देश्यले महासमितिको बैठक बोलाएको धारणा राखे ।

“दस्तावेज प्रस्ताव पेश हुनेछ । सबैले राम्ररी अध्ययन गरेर बिचार राख्नुहुने छ,” उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर