काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल सफलले दायर गरेको रिट खारेज भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त रिट खारेज हुने फैसला सुनाएको हो।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल छन्। यससँगै विदेशी नागरिकता त्यागेको निस्सा पेस नगरी नेपाली नागरिकता लिएको दाबीलाई पनि सर्वोच्चले गलत ठहर गरिदिएको छ।
चितवन क्षेत्र नम्बर २ का सांसद लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा पेश नगरी नेपाली नागरिकताको प्रतिलिपि लिएको भन्दै सफलले गत जेठ १० गते सर्वोच्चमा अदालतमा रिट हालेका थिए।
अमेरिकी नागरिकता त्यागेको निस्सा पेस नगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुरानै नम्बर नागरिकता लामिछानेले लिएको दाबी सफलले गरेका थिए। उनले यस रिटमा अन्तरिम आदेश पनि मागेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation