काठमाडौं- नेपाली कांग्रेसको महासमिति सदस्यमा पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनबाट चार जना मोनित भएका छन्।
युनियनका पूर्वअध्यक्ष बद्री सिग्देल, अध्यक्ष शिव लम्साल, पूर्वउपाध्यक्ष इश्वरी ओझा र पूर्व कोषाध्यक्ष सरोज अधिकारी महासमिति सदस्य बनेका छन् । उनीहरू सोमबानरदेखि सुरु शुरू हुने महासमिति बैठकमा सहभागी हुनेछन्।
सिग्देल, ओझा र अधिकारी यसअघि महाधिवेशन प्रतिनिधि थिए। भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षलाई आमन्त्रित सदस्य बनाउने केन्द्रीय समितिको फागुन ४ को निर्णय अनुसार अध्यक्ष लम्साल आमन्त्रीत सदस्य बन्ने भएका छन्।
कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा फागुन ७ गतेदेखि १० गतेसम्म हुने भएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation