काठमाडौं- १ हजार दरको ६१ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय राम चन्द्र महतो नक्कली नोट सहित पक्राउ परेका हुन्।
जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट प्रहरीले उनको साथबाट १ हजार दरको ६१ थान अर्थात ६१ हजार नक्कली नोटसहित मंगलबार बेलुकी पक्राउ गरेका छन्।
सोही ठाउँस्थित प्रभु शाह कलवारको सुर्ति किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर थाहा भएपछी ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरीले महत्तोलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation