८ कार्तिक २०८३, शनिबार

भुटानमाथि नेपालको जित

  • २१ माघ २०८०, आइतबार
Image

काठमाडौं- बिएसएसएस रंगशालामा सेनु परियारको निर्णायक गोलमा नेपालले भुटानविरुद्ध जित निकालेको छ। बंगलादेशको ढाकामा जारी साफ यू–१९ महिला च्याम्पियनसिप– २०२४  मा नेपालले भुटानमाथि १–० को जित निकालेको हो। 

 

  ५४औँ मिनेटमा सेनुले सुक्रिया मियाले निकालेको बललाई भुटानकी गोलरक्षक पेमा याङजोमलाई बिट गर्दै बललाई जाली चुमाइन्।  जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना जीवितै राखेको हो। 

 

पहिलो खेलमा भारतसँग १०–० को विशालअन्तरको पराजय व्यहोरेको भुटान भने दोस्रो पराजयपछि प्रतियोगिताबाट बाहिरिएको छ । 

 

आजै भएको खेलमा बंगलादेशले भारतलाई १–० ले पराजित गरेको हो । लगातार दोस्रो जितपछि बंगलादेश ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यता, भारतको पनि दुई खेलबाट तीन अंक मात्र भएको छ । अन्तिम खेलमा नेपालले भारतलाई हराउन सके नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर