काठमाडौँ - फेक फेसबुक आइडी बनाएर नाबालिकाको नाम र तस्बिर राखेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर
नगरपालिका–१० का ३७ वर्षीय
राजकुमार महर्जन हुन। महर्जनले फेक फेसबुक अकाउन्टबाट सामाजिक सञ्जालमा रहेका
साथीहरूलाई मेसेन्जरबाट अश्लील म्यासेजहरू पठाउने गरेका पाइएको छ।
नाबालिकाको नाम र तस्बिर राखेर चरित्र हत्या गरेको प्रहरी उपरीक्षक नरेन्द्र चन्दले
जानकारी दिएका छन्।
यसबाट नाबालिकालाई मानसिक तनाव, दुःख हैरानी दिई चरित्र हत्या समेत
गरेकाले पीडितको आफन्तले साइबर ब्यूरोमा उजरी दिएका हुन। यस विषयमा
अनुसन्धान तथा प्रविधि विश्लेषण गर्दै जाने क्रममा उक्त काम महर्जनले गरेको खुलेको
हो।
उनलाई विद्युतीय कारोबार ऐन २०६३
बमोजिमको कसुरमा काठमाडौँ महानगरपालिका–२७ भोटाहिटी चोकबाट गत माघ १८ गते पक्राउ
गरिएको थियो ।
महर्जनलाई काठमाडौँ जिल्ला अदालतबाट ७
दिन म्याद थप भई अनुसन्धान भइरहेको उपरीक्षक चन्दको भनाई छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation