काठमाडौँ - सुनसरीको हरिनगरा गाउँपालिका-१ हर्षाही बस्ने ४० वर्षीय किसान यादवलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलको गोलीको खोका १ थानसहित प्रहरीले गएराति पक्राउ गरेको छ।
भोक्राहा नर्सिङ गाउँपालिका-४ लबटोलिया बस्ने जुगेश्वर यादवको २ वटा भैँसी चोरी गरी भएको भन्ने सूचना पाएपछि प्रहरी चौकी चिरौलीले चोरीमा संलग्न यादवलाई उक्त हतियारसहित पक्राउ गरेको हुन । प्रहरीले चोरीमा संलग्न हाल फरार रहेका छन । फरार रहेका अन्य व्यक्तिहरूको खोजी भैरहेको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation