८ कार्तिक २०८३, शनिबार

निर्वाचनको तयारीमा जुट्न गृहमन्त्री खाणको निर्देशन

  • १९ वैशाख २०७९, सोमबार
Image

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्यालको कार्यकालमा मुलुकको शान्ति सुरक्षा सबल र सुदृढ बन्ने अपेक्षा सरकारको रहेको बताएका छन्।

महानिरीक्षकको पदभार ग्रहणपछि मन्त्रालयमा भएको भेटमा महानिरीक्षकद्वयलाई गृहमन्त्री खाणले वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहितरूपमा सम्पन्न गर्न आवश्यक तयारीका साथ लाग्न निर्देशन दिए। भेटमा गृहमन्त्री खाणले दुवै महानिरीक्षकको सफल कार्यकालको शुभकामना व्यक्त गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर