८ कार्तिक २०८३, शनिबार

काठमाडौंमा छिटपुट वर्षा

  • १८ माघ २०८०, बिहिबार
Image

काठमाडौं र ललितपुरमा बिहीबार अपराह्नपख छिटपुट वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएका छन ।

‘उपत्यका आसपासका स्टेसनमा कति पानी पर्‍यो भनेर रेकर्ड त भइसकेको छैन। तर पानी परेको सूचना प्राप्त गरेका छौं,’ मौसमविद् गोविन्द झाले भने

महाशाखाले मंगलबारबाट पश्चिम नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको असर देखिने बताएका थियो।पहाडी भूभागमा बदली, उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना बताएका थिए ।

सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा, कर्णाली प्रदेशको थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा बिहीबार बिहानैदेखि हल्का वर्षा भैरहेको छ। साथै देशका मध्य तथा पूर्वी तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

‘अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको  बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर