२० वैशाख २०८१, बिहिबार

प्रश्नपत्रको भिडियो बनाउने शिक्षक सेवाका परीक्षार्थीको आवेदन रद्ध

  • ३० साउन २०७९, सोमबार
Image

काठमाडौं- परीक्षार्थीले प्रश्नपत्रको र उत्तरपुस्तिकाको भिडियो बनाइ सामाजिक सञ्जालमा राखेपछि उनको परीक्षा रद्द गरिएको छ।

शिक्षा सेवा आयोगले एक सूचना जारी गर्दै साउन २८ गते सञ्चालन भएको निमावि तहको अध्यापन अनुमतिपत्रको परीक्षामा सुदूरपश्चिम प्रदेश अन्तरगत कैलाली जिल्लाको केन्द्र नम्बर ७११ त्रिभुवन मावि ख केन्द्रका परीक्षार्थी विनोद कुमार बम्मको परीक्षा रद्द गरेको जानकारी दिएको छ।

उनलाई आगामी दुई वर्षसम्म आयोगबाट सञ्चालन गरिने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको सूचनामा जनाइएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर