८ कार्तिक २०८३, शनिबार

स्याङ्जामा करेन्ट लागेर महिलाको मृत्यु

  • १४ माघ २०८०, आइतबार
Image

काठमाडौं - स्याङ्जामा करेन्ट लागेर महिलाको  मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार–८ काहुलेकी ५० वर्षीय चन्द्रकुमारी सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएका छन। प्रहरीका अनुसार आइतबार करिब साढे १२ बजेको समयमा घाँस काटेर आउने क्रममा सुनारले बिजुलीको पोल समातेकी थिइन। त्यही क्रममा उनलाई करेन्ट लागेर घटनास्थलमै सुनारको मृत्यु भएको हो।पोलमै विद्युत प्रवाह भइरहेकाले मृत्यु भएको पुतलीबजार नगरपालिका–८ का वडाध्यक्ष ईमबहादुर सेनले बताए।उनले भने, ‘टर्निङमै रहेको पोल छुन पुग्दा करेन्ट लागेको रहेछ। अध्यक्ष सेनले उक्त बाटो भएर दैनिक गाउँलेसहित विद्यार्थी आउतजाउत गर्ने भएकाले पोल नफेर्दासम्म खतरा बढने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर