१० असार २०८१, आइतबार

अवैध रूपमा सिम निकालेर पैसा लुटपाट, गर्ने बित्थडचिर गाउँपालिकाका इन्जिनियर पक्राउ

  • २८ माघ २०८०, आइतबार
Image

काठमाडौं- नेपाल टेलिकम डडेल्धुरामा फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  बझाङ बित्थडचिर गाउँपालिका– १ का २६ वर्षीय धनबहादुर बोहरा पक्राउ परेका छन्

 

उनी बित्थडचिर गाउँपालिकाका इन्जिनियर हुन् । उनले माघ २३ गते बित्थडचिर गाउँपालिका वडा नम्बर ०१ का मोहन बहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेर उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एक रूपैयाँ समेत अन्यत्र ट्रान्सफर गरेका हुन्

 

अपरिचित व्यक्तिले मतदाता नामावलीको प्रमाणपत्र दुरुपयोग गरेर सिम झिकेपछि बिहीबार बोहराले प्रहरीमा उजुरी दिएका थिए। सो उजुरीका आधारमा डडेल्धुरा प्रहरीले लोकेशन ट्रेस गरेर बझाङ प्रहरीलाई खबर गरे। खबरपछी बझाङ प्रहरीले धनबहादुरलाई पक्राउ गरेर डडेल्धुरा प्रहरीलाई बुझाएको प्रहरीले जानकारी दिए। प्रहरीले उनलाई आइतबार सार्वजनिक गर्ने तयारीसमेत गरेको छ।

टेलिकमले अनलाइनमा प्रविष्ट रहेको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर गएका अपरिचित व्यक्तिलाई सिमकार्ड दिएको थियो। प्रयोगमा रहेको सिम हराएको भएपनि सोही नम्बरको नयाँ सिम निकाल्ने क्रममा सक्कलै नागरिकता र स्वयम् व्यक्ति उपस्थित भएर अर्को सिमकार्ड लिने प्रावधान रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर