९ कार्तिक २०८३, आइतबार

क्यानको सचिवमा पारस खड्का निर्वाचित

  • ५ पुष २०८०, बिहिबार
Image

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्। खड्काले निकटतम प्रतिद्धन्द्धी प्रशान्त विक्रम मल्ललाई मतगणना पूरा नहुँदै पराजित गरेका हुन्।

जम्मा ८४ मत खसेकोमा ७५ मत गणना हुँदा खड्काले जितका लागि आवश्यक ४३ मत पाएका हुन्। मल्लले ३२ मत पाएका छन्। ४३ मत पाएसँगै खड्काको जित पक्का भएको हो।

खड्का काठमाडौं प्रदेशको सदस्य र बागमती प्रदेशको अध्यक्ष हुँदै केन्द्रीय चुनावमा लडेका थिए। अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर