८ कार्तिक २०८३, शनिबार

चीनको हाङजाओ पुगे प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति सीसँग भेट गर्ने

  • ६ असोज २०८०, शनिबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो औपचारिक भ्रमणका क्रममा चीनको हाङजाओ पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङजाओ हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नेछन्। अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आज बिहान चीनको हाङ्जाओ आइपुगेका हुन्।

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चीन गएका उनलाई हाङजाओ विमानस्थलमा चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले स्वागत गरेका छन्। आजै प्रधानमन्त्री प्रचण्डले हाङजाओमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेट गर्ने कार्यक्रम छ।

प्रचण्डले असोज ८ गते बेइजिङमा समकक्षी लि छियाङ्सँग भेट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ। नेपालको प्रधानमन्त्रीको हैसियतमा प्रचण्डको यो तेस्रो चीन भ्रमण हो । यस भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने उनको विश्वास छ।   


प्रतिक्रिया

सम्बन्धित खवर