८ कार्तिक २०८३, शनिबार

एआईजी बढुवाविरुद्धको रिटको पेशी चैत २० गते

  • १७ चैत २०७८, बिहिबार
Image

काठमाडौं- नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा गरेकोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले डीआईजीहरु वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध डीआईजी ईश्वरबाबु कार्कीले आज सर्वोच्चमा रिट दर्ता गरेका थिए। सर्वोच्चका प्रवक्ता बिमल पौडेलले डीआईजी कार्कीले दिएको रिट निवेदन दर्ता भएको जानकारी दिए।

प्रवक्त पौडेलका अनुसार उक्त रिटको पेशी चैत २० गते आइतबारका लागि तोकिएको पौडेलले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर