काठमाडौं- दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत घरेलु टोली नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको हो।
पाकिस्तानको जितमा अली जफरले गोल गरे। उनले खेलको ७६औँ मिनेटमा गरेको एक गोल नै पाकिस्तानको लागि निर्णायक गोल सावित भयो। जफरले करिब ३० यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो।
खेल अवधिभर नेपालको प्रदर्शन भने फिलतो रहेको थियो। अब पाकिस्तानले शनिबार माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै नेपालले भने सोमबार माल्दिभ्सको सामना गर्नेछ। प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ।
नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेको छ । त्यस्तै समूह ‘बी’मा भारत, बङ्गलादेश र भुटान रहेको छ। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation