७ वैशाख २०८१, शुक्रबार

आर्थिक स्थायित्व कायम गर्ने, विगतका गल्ती नदोहोर्‍याउने : ऋषि सुनक

  • ९ कार्तिक २०७९, बुधबार
Image

लन्डन- बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेक छन्।

राजा चार्ल्स तृतीयलाई बकिङ्घम राजप्रासादमा भेटेपछि उनीबाट सरकार गठनको आह्वानपश्चात् औपचारिक रूपमा प्रधानमन्त्री बनेका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले त्यसका निम्ती गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिएका छन्।

'अहिले हाम्रो देशले गहिरो आर्थिक सङ्कटको सामना गरिरहेको छ,' प्रधानमन्त्री कार्यालयबाहिर पत्रकारहरूलाई उनले भने।

सुनकले लिज ट्रसले आर्थिक वृद्धि सुधार गर्न चाहनु गलत नभए पनि त्यसमा गल्ती भएको विश्लेषण सुनाए।

आर्थिक वृद्धि बढाउन पूर्ववर्ती सरकारबाट भएका प्रयासले अमेरिकी डलरको तुलनामा आफ्नो देशको मुद्रा अवमूल्यन भएको बताउँदै अघिल्लो सरकारका त्रुटि सच्च्याउन आफू प्रधानमन्त्री निर्वाचित भएको तर्क गरे।

आर्थिक स्थायित्व नै आफ्नो सरकारको पहिलो प्राथमिकता भएको उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर