९ कार्तिक २०८३, आइतबार

'चुच्‍चे नक्सा' मान्यता नदिएकोमा आपत्ति जनाउँदै बालेनलेद्वारा आफ्नो चीन भ्रमण स्थगित

  • १४ भदौ २०८०, बिहिबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनले चुच्‍चे नक्सालाई मान्यता नदिएको भन्दै आपत्ति जनाउँदै आफ्नो चीन भ्रमण स्थगित गरेका छन्। 

मेयर शाहले सामाजिक सञ्‍जाल फेसबुकमार्फत आफ्नो ५ दिने चीन भ्रमण स्थगित गरेको जानकारी गराएका हुन्। उनले लेखेका छन्, 'नेपाली भूभागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं। त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।'

हामी नेपालले  २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा जारी गरेको थियो। 

केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ। जसमा नेपालको पुरानै नक्सालाई मान्यता दिएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर