काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन मेयर सुरेन्द्रबहादुर विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
महाकाली नदीजन्य पदार्थको ठेक्का रकममा नियोजितरुपमा छुट दिएको भन्दै तत्कालीन मेयर विष्ट, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीविरुद्ध एक करोड ३४ लाख ९७ हजार ४ सय ५३ रुपैयाँको बिगो दाबी गरिएको छ।
यस्तै राजस्व छुटका लागि नगरपालिकाद्धारा गठित कार्यादलका संयोजक तथा सदस्यहरु वडाध्यक्ष हिमालबहादुर चन्द, इन्जिनियर हिमालय सिंह ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, विक्रम भन्डारी र नासु नरेन्द्रदेव भट्टलाई पनि प्रतिवादी बनाइएको छ।
भवानी कन्स्ट्रक्सनका सन्चालक इश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, इश्वरीप्रसाद भट्टको श्रीमती खगेश्वरी भट्टलाई पनि प्रतिवादी बनाएर अभियोग दायर गरिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation