९ कार्तिक २०८३, आइतबार

बैतडीमा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु, ३ जना घाइते

  • ८ साउन २०८०, सोमबार
Image

काठमाडौं- आइतबार रातिको वर्षाका कारण बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलमा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु भएको छ। घर माथिबाट आएको पहिरोमा परी तीन जना घाइते भएका छन्।

घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनकी ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ।

मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्। मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन्। सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए।

घाइते तीन जनाको स्थानीय र प्रहरीको सहयोगमा उद्वार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने तयारी गरिएको छ। स्थानीयहरुका अनुसार घरमा पूर्ण क्षति पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर