९ कार्तिक २०८३, आइतबार

चिनियाँ खर्बपति ज्याक मा काठमाडौंमा

  • १२ असार २०८०, मङ्गलबार
Image

काठमाडौं-  चिनियाँ खर्बपति ज्याक मा नेपाल आइपुगेका छन्। ज्याक मा विशेष चार्टर्ड विमानमार्फत् मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्। ज्याक मा जापानबाट काठमाडौं आइपुगेका हुन्। उनी काठमाडौंमा अवतरण भएको पुष्टि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले गरेका छन्।

उनका अनुसार ज्याक माले विमानस्थल अध्यागमनमा आफू चीनबाट नेपाल आएको विवरण टिपाएका छन्। ज्याक मा जापानबाट काठमाडौं आइपुगेका हुन्। त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले सात जना चिनियाँ सवार चार्टर्ड जहाज अवतरण गरेको बताए।

ज्याक मा पछिल्लो समयमा जापानमा बस्दै आएका थिए। उनी एसियाकै धनाढ्यमा पर्छन्। ज्याक मा को खास नाम मा यूङ् हो। उनी सेप्टेम्बर १०, १९६४ मा  झेजियांग प्रान्तको हांग्जोमा जन्मिएका हुन्।

व्यावसायिक रूपमा उनी ज्याक मा को नामबाट प्रसिद्ध छन्। उनी विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक तथा कार्यकारी अध्यक्ष हुन्।


प्रतिक्रिया

सम्बन्धित खवर