८ कार्तिक २०८३, शनिबार

गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ : शेखर कोइराला

  • २० चैत २०७८, आइतबार
Image

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताए।

गठबन्धन गर्ने नाममा केन्द्रबाट हस्तक्षेप नगरिने बताउँदै उनले भने, “कहाँ कहाँ गठबन्धन गर्ने त्यो निर्णय जिल्लाले गर्छ। त्यो अधिकार केन्द्रमा राखिएको छैन, यो सही निर्णय भएको छ।” डा. कोइरालाले धेरैजसो जिल्लामा कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने भावना आफूले पाएको उल्लेख गरे।

तनहुँमा पनि केही ठाउँमा पुग्दा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने कार्यकर्ताको भावना रहेको भन्दै उनले भने, “जहाँ आवश्यक हुन्छ त्यहाँ गठबन्धन गरौँ।” कोइरालाले विधानअनुसार गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको उम्मेदवार छनौट गर्ने अधिकार जिल्लामा भएकाले सोहीअनुसार अधिकार प्रयोग गर्न आग्रह गरे। “सबै नामावली केन्द्रमा पठाउने होइन, विधानअनुसार चल्नुपर्छ,” उनले भने । 

प्रतिक्रिया

सम्बन्धित खवर