काठमाडौं- साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ। नेपाल र भारतबीको खेल नेपाली समय अनुसार, राति ७ : ४५ बेज सुरु हुनेछ। आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुँदा भारत भने लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ।
नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ ले हारेको थियो। नेपालका लागि अञ्जन विष्टले सान्त्वना गोल गरेका थिए। भारतले भने पाकिस्तानलाई ४-० को फराकिलो अन्तरले हराउँदै सानदार सुरुवात गरेको थियो। भारत साफ च्याम्पियनसिपको साबिक विजेता हो भने नेपाल साबिक उपविजेता हो।
सन् २०२१ मा माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपको फाइनलमा भारतले नेपाललाई ३-० गोलले हराएको थियो ।साफ च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स छन्।
कुवेत र लेबनान आमन्त्रित टोलीको रुपमा सहभागी छन्। नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा असार १२ गते पाकिस्तानसँग खेल्नेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation