८ कार्तिक २०८३, शनिबार

विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्छ : प्रधानमन्त्री देउवा

  • २६ साउन २०७९, बिहिबार
Image

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरूले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’मा बोल्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयहरूले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताए।

उनले कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने बताए। उनले विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउन जोड दिनुपर्ने उल्लेख गरे।

उनले विश्वविद्यालयहरूको शैक्षिक गुणस्तरलाई प्रतिष्पर्धी बनाउन प्राध्यापकहरू प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गर्दै उच्च शिक्षालाई अनुसन्धानमुलक, जीवनोपयोगी, रोजगारमुलक बनाउनुपर्नेमा जोड दिए।

उनले विश्वविद्यालयहरूका समस्याहरूलाई आपसी संवादमा समाधान गर्नुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर