नयाँ दिल्ली- भारतको उत्तर प्रदेश राज्यस्थित बलियामा भीषण गर्मीका कारण तीन दिनमै ५४ जनाको ज्यान गएको छ।
अहिले ४ सयभन्दा धेरै बिरामी छन्। उनीहरु सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
यो जानकारी बलिया जिल्ला अस्पतालका प्रमुख चिकित्सा अध्यक्ष डा. एसके यादवले दिएका छन्।
१५ देखि १७ जुनबीच ज्वरो, दम बढ्ने जस्ता कारणले अस्पताल भर्ना हुने बिरामीको संख्या तीव्र गतिमा बढेको छ।
जानकारी अनुसार १५ जुनमा २३, १६ जुन २० र १७ जुनमा ११ जनाको ज्यान गएको छ।
जिल्लामा बढ्दो मृत्युलाई देखेर आजमगढ मण्डलका स्वास्थ्य निर्देशक डा. बी.पी. तिवारीले डाक्टरको एक टोलीलाई लखनऊबाट बोलाएका छन्।
उनका अनुसार कि लखनऊको टोली आएपछि तीव्र गतिमा भइरहेको मानिसको मृत्युको कारण पत्ता लाग्न सक्छ।
अर्कातिर जिल्ला अस्पतालमा आउने बिरामीको संख्या पनि तीव्र गतिमा बढ्दैछ।
मानिसहरु आफ्ना बिरामी नातेदारलाई काँधमा बोकेर अस्पतालको आपत्कालीन क्षकमा दौडिरहेका छन्। अस्पतालमा पर्याप्त स्ट्रेचर नहुँदा काँधमै बिरामी बोक्नु परेको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation