८ कार्तिक २०८३, शनिबार

बेलायतको प्रधानमन्त्रीमा बोरिस जोनसन फर्किने सम्भावना कति?

  • ६ कार्तिक २०७९, आइतबार
Image

काठमाडौं- पद सम्हालेको ४५ दिनमै लिज ट्रसले राजीनामा दिएपछि यतिखेर यूकेले एक वर्षभित्रै तेस्रो प्रधानमन्त्री खोजिरहेको छ। छ वर्षमा कन्जर्भेटिभ दलका पाँचौँ नेता बेलायतमा सबैभन्दा कम समय पद सम्हालेकी लिज ट्रसको उत्तराधिकारी बन्नेछन्। अर्को साताको अन्त्यसम्ममा नयाँ नेता छान्ने प्रक्रिया सकिने अपेक्षा गरिएको छ। 

पूर्वअर्थमन्त्री सुनक यसअघि गत महिना भएको कन्जर्भेटिभ नेतृत्व छान्ने निर्वाचनमा दोस्रो भएका थिए।  चुनावी प्रचारप्रसारका क्रममा उनले आफ्नी प्रतिस्पर्धीको कर योजनाहरूले यूकेको अर्थतन्त्र बिगार्ने तर्क गरेका थिए। तर पार्टी सदस्यहरूलाई आश्वस्त पार्न उनी विफल भएका थिए। 

आफू प्रधानमन्त्री बन्नका लागि योग्य व्यक्ति भएको पुष्टि गर्ने प्रयासमा उनले लिज ट्रसभन्दा २१,००० मत कम पाए।  सुनकका मातापिता पूर्वी अफ्रिकाबाट यूके प्रवेश गरेका भारतीय मूलका हुन्। 

साउथम्टनमा जन्मिएका उनले अक्सफर्ड र स्ट्यान्डफर्ड यूनिभर्सिटीमा अध्ययन गरेका छन्। सन् २०१५ मा सांसद बन्दा वेस्टमिन्स्टरबाहिर थोरै व्यक्तिले मात्र उनलाई चिनेका थिए। तर उनी फेब्रुअरी २०२० मा अर्थमन्त्री नियुक्त भए।

उनले तत्कालै कोरोनाभाइरस महामारीका कारण उत्पन्न चुनौती सामना गर्नुपर्‍यो। लकडाउनका बेला अर्थतन्त्रलाई गतिशील राख्ने प्रयासमा उनले ठूलो रकम खर्च गर्नुपर्‍यो। त्यसले उनको लोकप्रियता बढायो। 

यद्यपि आफ्नी पत्नीसँग सम्बन्धित करको विवादले उनको प्रतिष्ठामा ह्रास ल्यायो। त्यसको केही समयमा लकडाउनका नियम उल्लङ्घनन गरेकोमा तोडेकामा उनले जरिबाना समेत तिर्नुपर्‍यो। 

यसअघिको प्रतिस्पर्धामा सहभागी हुँदा पेनी मोर्डन्टले सहकर्मी सांसदहरूबाट बलियो साथ पाएकी थिइन्। तर उनी अन्तिम दुईमा पर्न भने सकिनन्। 

लिज ट्रसलाई साथ दिएपछि उनी हाउस अफ कमन्समा नेत्री र प्रिभी काउन्सिलमा लर्ड प्रेसिडेन्ट नियुक्त भइन्। त्यसको अर्थ उनले नयाँ राजाको राज्यारोहण परिषद्को अध्यक्षता गर्ने अवसर पाउनु हो। 

सन् २०१९ मा मोर्डन्टले यूकेमा प्रथम महिला रक्षामन्त्री बनेकी थिइन्। कुनै बेला जलसेनामा जगेडा सैनिक रहेकी र सशस्त्र फौज हेर्ने मन्त्रालयको नेतृत्व गरिसकेकी उनका लागि त्यो एउटा स्वाभाविक भूमिका पनि थियो।

पार्टीभित्र धेरै शीर्ष टोरी नेताहरू वैचारिक रूपमा विभाजित भइरहँदा रक्षामन्त्री वाले सहकर्मी सांसदहरूका दृष्टिमा विश्वासयोग्य व्यक्तिका रूपमा पर्छन्। तर उनी अहिलेसम्म कन्जर्भेटिभ नेतृत्वको निर्वाचनमा उठेका छैनन्। 

नयाँ नेता चयनका लागि एक साता मात्र बाँकी रहँदा धेरै प्रतिस्पर्धीहरू परिचित अनुहार हुन सक्छन्। त्यसमा केही महिनाअघि मात्र प्रधानमन्त्री पदबाट बाहिरिएका बोरिस जोनसन पनि पर्न सक्छन्। मन्त्री तथा सांसदहरूको व्यापक विद्रोहपछि गत जुलाईमा जोनसन पदत्याग गर्न बाध्य भएका थिए। 

प्रधानमन्त्री निवासमा लकडाउनका बेला भएका भोज र अन्य विवादहरूपछि त्यस्तो अवस्था सिर्जना भएको थियो। यद्यपि अझै पार्टीका साधारण सदस्यहरूको पङ्क्ति र उनका साझेदारहरू दुवै संसद्‌मा छन्। 

लामो समयदेखिकी समर्थक नदिनी डोरिसले जोनसनले सन् २०१९ को चुनावमा ब्रिटिश जनताबाट कार्यादेश पाएको भन्दै उनी फर्किनुपर्ने मत राखेकी छन्। त्यसैले टेन डाउनिङ स्ट्रीटमा बोरिस जोनसनको प्रधानमन्त्रीका रूपमा पुनरागमन पनि सम्भव छ।

नयाँ नेता प्रधानमन्त्री बन्ने भए पनि उनीहरूलाई सर्वसाधारण जनताले मतदान गर्नेछैनन्। सम्भावित उम्मेदवार हुनका लागि पनि बेग्लै प्रक्रिया छ।

मतपत्रमा नाम पर्नका लागि पहिले उनीहरूले कम्तीमा १०० जना टोरी सांसदहरूको समर्थन जुटाउनुपर्छ।  कुल ३५७ जना टोरी सांसद भएकाले तीन जनाभन्दा धेरै उम्मेदवार बन्न सक्नेछैनन्।  व्यावहारिक रूपमा दुई उम्मेदवार बन्न सक्छन्। एक मात्र उम्मेदवार भएमा मतदानबिनै पार्टी नेताको चयन हुन सक्छ। 


प्रतिक्रिया

सम्बन्धित खवर