८ कार्तिक २०८३, शनिबार

आबेको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

  • २५ असार २०७९, शनिबार
Image

काठमाडौं- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा  शनिबार राष्ट्रिय शोक मनाउने सरकारले निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको सरकारले घोर भर्त्सना समेत गरेको छ।

‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ। उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ। नेपाल सरकारले स्वर्गीय आबेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

नारा सहरमा भाषण गर्दै गर्दा शुक्रबार जापानका प्रधानमन्त्री आबेको हत्या भएको थियो। स्थानीय समयानुसार बिहान साढे ११ बजे छातीमा गोली हानिएपछि ढलेका उनको उपचारका क्रममा निधन भएको थियो। चुनावी सभालाई सम्बोधन गरिरहेका बेला उनलाई पत्रकारको परिचय दिँदै आएका एक पुरुषले छातीमै ताकेर गोली हानेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर