२२ भदौ २०८१, शनिबार

रिचार्ज बिक्रेता आन्दोलित

  • ८ जेठ २०८०, सोमबार
Image

काठमाडौं- तोकिएको समयभित्र नवीकरण गर्न नसकेपछि अनुमतिपत्र स्वतः खारेज भएर कानुनबमोजिम स्मार्ट टेलिकमको सबै सम्पत्ति दूरसञ्चार प्रणाली नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणको अधीनमा गएसँगै खुद्रा रिचार्ज कार्ड बिक्रेताताहरु समस्यामा परेका छन्।

स्मार्ट टेलिकम प्रालिलाई सरकारले बोलकबोलमा बेच्ने तयारी गरिरहेको बेला खुद्रा रिचार्ज कार्ड बिक्रेताहरु भने आन्दोलित बनेका छन्। कम्पनीले आफ्नो रिचार्ज कार्डको भुक्तानी नगरेको र ५२ करोड रुपैयाँ बराबरको रिचार्ज तथा सिमकार्डहरु फसेको आरोप लगाउँदै उनीहरु आन्दोलित बनेका हुन्।

रिचार्ज तथा सिमकार्ड बिक्रेताहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण तथा जिल्ला प्रशासन कार्यालय लगायतमा ज्ञापनपत्र बुझाउँदै उक्त लगानी रकम असुल गराईदिन अनुरोध गरेका हुन्।

उनीहरुले कम्पनी खारेज भएसँगै नेपालभरका करिब २० हजार खुद्रा रिचार्ज कार्ड बिक्रेता ताहरु समस्यामा परेको उल्लेख गरेका छन्।

“हामीहरुसँग भएका लगभग ५० करोड बराबर मुल्यको रिचार्ज कार्ड लगभग २ करोड मूल्य बराबरको सिमकार्डहरु नगदमा स्मार्ट टेलिकम प्रालिसँग खरिद भएको हुनाले तथा हाल आएर आएर स्मार्ट टेलिकम पनि खारेजी भई सेवा समेत अवरुद्ध भएकोले हामीले रिचार्ज कार्ड तथा सिमकार्डमा गरेको लगानी धरासायी भएको छ,” उनीहरुले ज्ञापन पत्रमा भनेका छन्। 

पटक पटक स्मार्ट टेलिकम प्रालिलाई रिचाज कार्ड र सिमको पैसा फिर्ता दिन बारम्बार ताकेता गर्दासमेत केहि सुनुवाई नभएको हुनाले सबै व्यवसायीहरुले शान्तिपूर्वक सडक आन्दोलनसमेत गर्दै आएको जानकारी दिएका छन्।

उनीहरुले व्यवसायीहरू रिचार्ज कार्ड तथा सिमकार्डमा गरेको लगानी सुरक्षाको माग गर्दै माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन तथा विरोधको कार्यक्रम जारी राख्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर